१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते
अ अ+ अ-

बागलुङ। बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नं को पिकअप जीप बागलुङ नगरपालिका–४ रातमाटास्थित मध्यपहाडी लोकमार्गमा आज भएको हो ।

दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी र सोही ठाउँका २२ वर्षीय करण सहनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पठाइएको पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घाइतेहरूको उद्धार गरेर अहिले अस्पतालमा लिएका छौँ, गाडीमा सवार सबै यात्रु घाइते हुनुभएको छ, दुर्घटनाको खबर पाउँदा साथ प्रहरी खटिएर उद्धार गरेको हो ।” रासस