७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

तनहुँमा वन डढेलो नियन्त्रणका लागि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम गरिने

तनहुँमा वन डढेलो नियन्त्रणका लागि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम गरिने
अ+ अ-

काठमाडाैँ । डिभिजन वन कार्यालय तनहुँले वन डढेलो नियन्त्रणका लागि सामुदायिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।

वन क्षति न्यूनीकरण र समुदायलाई जिम्मेवार बनाउने लक्ष्यसहित समुदायस्तरमा पुगेर वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए।

उनका अनुसार जिल्लामा ६२५ वटा सामुदायिक छन् । बाँदर र अन्य वन्यजन्तुले बाली र वनस्पतिमा क्षति पु¥याएको भन्दै कतिपयले जानीजानी सामुदायिक वनमा डढेलो लगाउने गरेको पाइएकाले सचेतना कार्यक्रम आवश्यक रहेको रानाभाटले बताए ।

उनले भने, “कतिपय स्थानमा किसानहरूले बाँदरले समस्या पु¥याएको भन्दै जानीजानी डढेलो लगाउने गरेको पाइन्छ । यसबाट वनमा व्यापक क्षति हुने र वातावरणीय सन्तुलन बिग्रने खतरा बढ्ने भएकाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएका छौँ ।”

उनका अनुसार वन डढेलो सप्ताहव्यापी कार्यक्रमको लक्ष्य भनेको डढेलो लाग्न नदिनु र लागेमा सुरक्षित रूपमा नियन्त्रण गर्नु हो । “वन डढेलो नियन्त्रणमा सबैभन्दा नजिक समुदाय छन् । त्यसैले सबै तहका समुदायलाई परिचालन गरेर सूचना, उपाय र सुरक्षा सम्बन्धी प्रशिक्षण दिने योजना बनाइएको छ”, उनले भने ।

प्रमुख रानाभाटका अनुसार प्रत्येक सामुदायिक वनमा आगो लगाउने जोखिम र त्यसबाट हुने नोक्सानीसम्बन्धी जानकारी प्रदान गरिनेछ । सुरक्षित डढेलो नियन्त्रण विधि ८८ र आकस्मिक अवस्था सामना गर्ने उपायबारे प्रशिक्षण गराइने । सबै सदस्य सचेत भएनन् भने डढेलो नियन्त्रण प्रभावकारी हुन नसक्ने भएकाले समुदायसँग सहकार्य र निरन्तर संवाद गरिने उनको भनाइ छ ।

रानाभाटका अनुसार सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ । उनले भने, “वन डढेलोले तापक्रम बढाउनुका अतिरिक्त वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्ने, माटो नाङ्गो र कमजोर बनाई भलको बहाव र गति बढाई भूक्षय, बाढी, पहिरो, डुबानजस्ता प्रकोपले धन, जन र सम्पदामा क्षति पुग्छ ।”

वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने प्रमुख रानाभाटले जानकारी दिए। डढेलोबाट भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने र वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिम हुने उनले बताए ।

गर्मी मौसममा बिडी, चुरोट खाएर ननिभाइ वनमा फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलो बढ्न सक्ने भएकाले यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।