१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

श्रीलङ्का ऊर्जा सङ्कटः राति इभी चार्ज नगर्न आग्रह, दिनमा सौर्य ऊर्जामा जोर

श्रीलङ्का ऊर्जा सङ्कटः राति इभी चार्ज नगर्न आग्रह, दिनमा सौर्य ऊर्जामा जोर
अ अ+ अ-

काठमाडाैँ । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुरा कुमार दिसानायकले राति घर फर्किएपछि धेरै इभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० मेगावाट अतिरिक्त माग थपिएको बताए। उनका अनुसार यसले विद्युत् आपूर्तिमा असन्तुलन ल्याउँदै सबै उपलब्ध उत्पादन स्रोत सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

रातिको समयमा श्रीलङ्काले करिब ९०० मेगावाट कोइला र १,००० मेगावाट डिजेलबाट विद्युत् उत्पादन गर्दै आएको छ । यसलाई वातावरणमैत्री विकल्प नभएको स्वीकार गरिएको छ । यसले इभीलाई स्वच्छ ऊर्जाको प्रतीक मानिने धारणा विपरीत अवस्था सिर्जना गरेको देखिएको छ । देशमा पर्याप्त मात्रामा सौर्य ऊर्जा उत्पादन भए पनि ठूलो स्तरको ब्याट्री भण्डारण प्रणाली नहुँदा दिनमा उत्पादन भएको अतिरिक्त ऊर्जा सुरक्षित गर्न नसकिएको सरकारको भनाइ छ ।

त्यसैले राष्ट्रपति दिसानायकले नागरिकलाई दिनको समयमा सौर्य ऊर्जाको उपयोग गर्दै गाडी चार्ज गर्न आग्रह गर्नुभयो । साथै, रातिको चार्जिङ नियन्त्रण गर्न चाँडै शुल्क प्रणाली लागू गर्ने योजना पनि बनाइएको जनाइएको छ । पछिल्लो समय श्रीलङ्कामा विद्युतीय सवारीको सङ्ख्या तीव्र रूपमा बढेको छ । गत वर्ष फेब्रुअरीमा पाँच वर्षदेखि लागू गरिएको सवारी आयात प्रतिबन्ध हटाइएपछि आयात गरिएका सवारीमध्ये १० प्रतिशतभन्दा बढी पूर्ण रूपमा विद्युतीय रहेका छन् ।

मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले श्रीलङ्कालाई थप प्रभावित पारेको छ । सरकारले इन्धन अभाव नियन्त्रण गर्न रेशनिङ सुरु गरेको छ भने इन्धन बचतका लागि चार दिने कार्यसप्ताह पनि लागू गरेको छ । राष्ट्रपति दिसानायकले युद्धका कारण ९० हजार टन कच्चा तेलका दुई ढुवानी प्राप्त गर्न नसकिएको जानकारी दिए ।

उनले परिष्कृत पेट्रोलियम पदार्थका लागि भारत र रुसजस्ता मित्र राष्ट्रहरूसँग वार्ता भइरहेको पनि उल्लेख गरे। ऊर्जा बचत अभियानको प्रभाव स्वरूप बुधबार देशका सडकहरू सामान्यभन्दा सुनसान देखिएका छन् भने विद्यालय, सरकारी कार्यालय र बैंक बन्द हुँदा रेल र बस स्टेसनहरूमा पनि कम भीड देखिएको छ ।