११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदहरूको प्रतिवद्धताः जनआकांक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर काम गर्छौं



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूले जनअपेक्षा र सुशासनलाई केन्द्रमा राख्दै काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बुधबार आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी सांसदहरूले जनताको आकांक्षा सम्बोधन गर्दै भ्रष्टाचारमुक्त देश निर्माणलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।

कार्यक्रममा बोल्दै सांसद हरि ढकालले सुशासन स्थापनाका लागि “मुहान सफा हुनुपर्छ” भन्ने अवधारणालाई अघि सार्दै मूल संरचनाबाटै सुधार सुरु गर्नुपर्नेमा जोड दिए। जनअपेक्षा उच्च रहेकाले त्यसअनुसार परिणाम दिन आफूहरू तयार रहेको उनले बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै संसद् प्रवेश गरेकी भुमिका श्रेष्ठले पछाडि पारिएका वर्गको अधिकार र आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक न्यायका क्षेत्रमा विद्यमान विभेद अन्त्य गर्न संसद् भित्र सशक्त रूपमा आवाज उठाउने बताइन्।

सांसद आशिका तामाङले आगामी पाँच वर्ष भ्रष्टाचार नियन्त्रणमै केन्द्रित हुने धारणा राख्दै भ्रष्टाचार अन्त्य भए देशले तीव्र प्रगति गर्ने विश्वास व्यक्त गरिन्।

त्यसैगरी, सांसद सागर ढकालले निर्वाचनका क्रममा सार्वजनिक गरिएको वाचा पत्र कार्यान्वयनमा जोड दिँदै जनताका साना–साना अपेक्षाहरू पूरा गर्दै दीर्घकालीन विकासतर्फ अघि बढ्ने रणनीति रहेको बताए।

उनले वाचा पत्रलाई व्यवहारमा उतार्नु नै अहिलेको मुख्य चुनौती र जिम्मेवारी भएको उल्लेख गरे। साथै, देशलाई दीर्घकालीन रूपमा अघि बढाउने ठूला योजनामा पनि पार्टीले समानान्तर रूपमा काम गर्ने उनले स्पष्ट पारे।




भर्खरै