९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरको हिरासतमा रहेका थुनुवा नै भागे



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतमा रहेका एकजना थुनुवा भागेका छन् । आइतबार विहान पाँच बजे शौच गर्ने बहानामा कीर्तिपुरको हिरासतमा रहेका रिजन थापा क्षेत्री थुनुवाबाटै भागेका हुन् ।

अनुसन्धानको सिलसिलामा रिजन थापा पक्राउ गरिएका थिए । उनको खोजी भइरहेको कीर्तिपुरका डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।

डिएसपी कामतीका अनुसार थापा म्याद थप भएका थुनुवा होइनन् । उनले भने– ‘अनुसन्धानका लागि हामीले लागि नियन्त्रणमा लिएका थियौं ।’