२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापना हुने



अ+ अ-

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना हुनलागेको जानकारी दिएका छन् । नेपाल तराई इञ्जिनीयर्स एशोसिएशनद्वारा शनिबार जनकपुरमा शनिबार आयोजित इञ्जिनीयरिङ कलेजको आवश्यकता विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले प्राविधिक विश्वविद्यालय स्थापना गर्न सदनमा विधेयक प्रस्तुत भई छलफलका क्रममा रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको घोषणाअनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलका क्रममा रहेको हो भने । उनले भने “ विधेयक पारित भएलगत्तै एक पालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुने छ । प्रदेश सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ । ”

एशोसिएशनका अध्यक्ष डा अजय झाको अध्यक्षतामा भएको उक्त गोष्ठीमा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, इञ्जिनीयर सत्यनारायण साहले प्राविधिक विश्वविद्यालयको आवश्यकता रहेकोमा जोड दिए ।