१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत राहत सामग्री नपाएको बाढीपीडितको गुनासो अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापना हुने



अ+ अ-

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना हुनलागेको जानकारी दिएका छन् । नेपाल तराई इञ्जिनीयर्स एशोसिएशनद्वारा शनिबार जनकपुरमा शनिबार आयोजित इञ्जिनीयरिङ कलेजको आवश्यकता विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले प्राविधिक विश्वविद्यालय स्थापना गर्न सदनमा विधेयक प्रस्तुत भई छलफलका क्रममा रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको घोषणाअनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलका क्रममा रहेको हो भने । उनले भने “ विधेयक पारित भएलगत्तै एक पालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुने छ । प्रदेश सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ । ”

एशोसिएशनका अध्यक्ष डा अजय झाको अध्यक्षतामा भएको उक्त गोष्ठीमा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, इञ्जिनीयर सत्यनारायण साहले प्राविधिक विश्वविद्यालयको आवश्यकता रहेकोमा जोड दिए ।