१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

आकर्षक पर्यटकीयस्थल बन्दै रत्नेचौरको बुढो पोखरी

आकर्षक पर्यटकीयस्थल बन्दै रत्नेचौरको बुढो पोखरी
अ अ+ अ-

म्याग्दी। बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको बूढो पोखरीतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ ।

विसं १८६६ मा निर्माण भएको यो पोखरीको पुनःनिर्माण तथा सरसफाइ गरेर चिटिक्क बनाएपछि रत्नेचौर आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।

कृषि, धार्मिक र पर्यापर्यटनको त्रिधाम भनेर चिनिने रत्नेचौरमा बेनी–बागलुङ सडक खण्डको पश्चिम उत्तर खण्डमा अवस्थित बूढो पोखरी धौलागिरि क्षेत्रकै ठूलो मानवनिर्मित पोखरी हो । यस पोखरीमा संसारकै सातौँ अग्लो (आठ हजार, १६७ मिटर) धौलागिरि हिमालको प्रतिविम्ब देखिनुका साथै जलहाँसको सुन्दर क्रिडा देख्न सकिन्छ ।

स्थानीय भानु माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं रत्नेचौरको विकास र प्रचारप्रसारमा लागि पर्नुभएका युवा भरत खत्रीका अनुसार ऐतिहासिक बूढो पोखरीले रत्नेचौरको सौन्दर्यलाई उजागर गर्नुका साथै पर्यटकको ध्यान खिच्न सफल भएको छ ।

“रत्नेचौर प्राकृतिक सुन्दरताले युक्त कृषि गाउँ हो । उत्तरतर्फ चाँदी झै टल्किने हिमाल, समथर फाँटमा झुलिरहने बाली, चिटिक्कको गाउँ, खेतको फाँटको बिचमा लमतन्न परेको पक्की सडक, पारीपट्टी देखिने शालग्राम सङ्ग्रहालय र पञ्चकोट धाम, कालीगण्डकी नदी, म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका दर्जनौँ गाउँको दृश्यावलोकन यहाँबाट गर्न सकिने भएकाले पछिल्लो समय पयर्टकहरुको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो ।

पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँटमा अवस्थित रत्नेचौरमा पछिल्लो समय राजनीतिक दलका नेता, चलचित्र छायाङ्कनका लागि आउने गरेका विक्रम बोगटीले बताउनुभयो । “तोरीबारी र सडकका कारण देश विदेशमा भाइरल बनेको रत्नेचौर गाउँमा पछिल्लो समय बूढोपोखरी र दुई जिल्ला जोड्ने (म्याग्दी–बागलुङ) झोलुङ्गे पुल थपिएपछि गाउँको आकर्षण नै बढेको छ”, उहाँले भन्नुभयो । बूढोपोखरीमा जलहाँस पौडिरहेको दृश्य अत्यन्त आकर्षक देखिन्छ ।

विसं १८६६ मा राजा गीर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नेचौरका वसन्त बोगटीले राजाको इच्छा मुताविक यो पोखरी निर्माण गर्न लगाएको इतिहास छ ।

तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याइ यो पोखरी निर्माण गरिएको बताइन्छ ।

पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । पोखरी आसपास क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा छ । अहिले सोही जग्गामा बगैँचालगायतका केही पूर्वाधार निर्माण गरिएका छन् । यो पोखरीमा धवलागिरि हिमालको पूर्ण प्रतिविम्ब देखिने गर्छ । रासस