१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी
फाइल फोटो
अ अ+ अ-

चितवन। चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्याकालीन सफारीको सम्भावना रहेकाले यसको अध्ययन तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय सक्रिय भएको छ ।

यहाँका सामुदायिक वनसँग आम्दानी र जैविक पर्यटनलाई जोड्न कार्यालयले अध्ययन थालेकोे हो । सोहीअनुरूप मङ्गलबार डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यसहित भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थी, शिक्षक, संरक्षणकर्मी तथा नेचर गाइडहरूको टोलीले सो क्षेत्रमा पदयात्रा (हाइकिङ) गरी अध्ययन र अवलोकन अघि बढाएको छ ।

पदयात्रा क्रममा यहाँ आवश्यक पूर्वाधार, वन्यजन्तु, चराचुरुङ्गी, बनस्पति, सुरक्षा व्यवस्था र भ्यू पोइन्ट व्यवस्थापनको अवलोकन गरिएको थियो । जिल्लाको इच्छाकामनाबाट सुरु हुने खगेरी खोला सिँचित क्षेत्रले जैविक पर्यटनका लागि सम्भावना प्रदान गरेको हुँदा यस क्षेत्रमा पदयात्रा र सन्ध्याकालीन सफारी महत्वपूण कार्य हुने सरोकारवालाहरूले बताएका छन् ।

डिभिजन प्रमुख आचार्यले यस विकासका लागि दूरदृष्टिसहित योजना बनाएर अघि बढेको बताउँदै उहाँले भन्नुभयो, “चितवनको पर्यटन भन्नासाथ सौराहा र कसरा मात्रै हेर्ने गरिन्छ, तर डिभिजन वन कार्यालयको क्षेत्राधिकारभित्र रहेका सामुदायिक वन क्षेत्र राम्रो पर्यटन गन्तव्य हुन सक्छन् ।” उहाँले उक्त क्षेत्र ताल–तलैया, घाँसे मैदानको अवस्थाका कारण वन्यजन्तु व्यवस्थापन र पर्यटनका लागि नेपालको एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्ने बताउनुभयो ।

पर्यटनका लागि जिप सफारी सञ्चालन गरिएको छ । त्यहाँ हाइकिङ र सन्ध्याकालीन सफारी पनि गर्न सकिन्छ । यस क्षेत्रमा सन्ध्याकालीन सफारीका लागि नयाँ अभ्यास गर्न सकिन्छ । निकुञ्जमा सन्ध्याकालीन सफारी सम्भव नभएकाले यहाँ साँझको समयमा वन्यजन्तु अवलोकन गर्न सफारी सञ्चालन गर्न सकिने डिभिजन प्रमुख आचार्यले जानकारी दिनुभयो । सोहीअनुसार कार्ययोजना तयार पार्न लागिएको उहाँले बताउनुभयो ।

चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले सामुदायिक वनले रुख–दाउरा मात्रै बिक्री गरेर नभई फरक ढङ्गले पर्यटन प्रवर्द्धनमार्फत आम्दानी गर्ने उद्देश्यले जिप सफारी तथा पर्यटन गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । उहाँले वन कार्यालयसँगको समन्वयमा हाइकिङको सम्भावना अध्ययन गरिएको र यसबाट क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गुरुङका अनुसार यहाँ पर्यटकले रात बिताउन सक्ने गरी मचानघर निर्माण समेत गरिएको छ ।

उक्त क्षेत्रबाट बाघ, गैँडा लगायतका वन्यजन्तु अवलोकन गर्न सकिने तथा विभिन्न चराचुरुङ्गीसमेत देख्न पाइने उहाँले बताउनुभयो । डिभिजन वन कार्यलयले पर्यटन प्रवर्द्धनका लागि हौसला थप्दै सक्रियता देखाएकामा खुशी व्यक्त गर्दै, यस क्षेत्रको पर्यटन विकासका लागि आफूहरू सक्रिय रहने अध्यक्ष गुरुङले बताउनुभयो ।

पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्णिप्रसाद बगालेले यहाँ सिमसार क्षेत्र, सिसौ वन, साल वन, खयर लगायत विभिन्न जडीबुटी भएको जङ्गल रहेको बताउनुभयो ।

उहाँले यो क्षेत्र राजमार्ग र सौराहा नजिक रहेकोले पर्यटकका लागि थप आकर्षक गन्तव्य हुन सक्ने बताउनुभयो । अध्यक्ष बगालेका अनुसार गत पुसदेखि यहाँ जिप सफारी सञ्चालन गरिएको छ र त्यसको सफलता देखिएकाले अब हाइकिङ र सन्ध्याकालीन जिप सफारीको सम्भावना छ ।

यसले पर्यटकका लागि नयाँ गन्तव्य सिर्जना गर्ने र वन उपभोक्ताका लागि थप आयको स्रोत बन्ने छ । पञ्चकन्या, चर्तुमुखी र भीमवली सामुदायिक वनमा सन्ध्याकालीन जिप सफारीको सम्भावना रहेको छ । रासस