२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच लाखभन्दा बढीका अवैध सामान बरामद



rupandehi
अ+ अ-

भैरहवा। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख ३२ हजार ६२० बराबरका विभिन्न सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मिति २०८२ चैत ३ गते विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा तरकारी, कुखुरा, कपडा, किराना तथा अन्य सामग्री बरामद गरिएको हो ।

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट करिब रु ८२ हजार ५०० बराबरका विभिन्न तरकारी बरामद गरिएको छ भने मायादेवी गाउँपालिका–५ पर्सहवाबाट २० केजी ब्रोइलर कुखुरासहित करिब रु १० हजार ५०० बराबरका सामान नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका–७ कासी कम्प्लेक्स नजिकबाट ४८६ मिटर कपडासहित करिब रु दुई लाख ४३ हजार बराबरका सामग्री बरामद गरिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ ओडलियाबाट १६० केजी केरा, १४ पिस साडी र ३८ पिस ब्लाउजको कपडासहित करिब रु ४८ हजार ७०० बराबरका सामान नियन्त्रणमा लिइएको छ ।

यसैगरी कोटहीमाई गाउँपालिका–७ कटैयाबाट करिब रु १० हजार ९०० बराबरका साइकलमा प्रयोग हुने सामग्री बरामद गरिएको छ भने सिद्धार्थनगर नगरपालिका–६ दुर्गा कलोनीबाट ४० केजी केरासहित करिब रु एक हजार ८५० बराबरका सामान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईबाट ३०० केजी चिनी, ६० केजी सराफ, २८ प्याकेट बिस्कुट, १ पेटी स्याम्पु लगायतका किराना सामग्री गरी करिब रु ४९ हजार ५०० बराबरका सामान बरामद गरेको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका–१ बेलहिया कोठहीमाई मन्दिर नजिकबाट १५ पिस लेडिज सुट, ३७ प्याकेट निक्सोडन क्रिम र एक कार्टुन किसमिससहित करिब रु ८५ हजार ७०० बराबरका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ ।

जिल्लामा तस्करी नियन्त्रणका लागि नियमित रूपमा निगरानी तथा चेकजाँचलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो। रासस