१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने
अ अ+ अ-

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ ।

तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर चैत ४ गते (भोलि) तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव हुन लागेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर घोडेजात्रा महोत्सव गर्ने पहिलो स्थानीय तहसमेत बनेको छ ।

‘पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवलाई सफल बनाउन उपत्यकाभरका स्थानीय तहका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, नगरवासीलाई आमन्त्रण गरिएको छ ।

नगरप्रमुख महर्जनले टुँडिखेलमा मनाईँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको बताउनुभयो । “टुँडिखेलमा घोडेजात्रा पर्व हेर्न जान नसक्नेहरूका लागि यो महोत्सव फलदायी हुने विश्वास नगरपालिकाले लिएको छ,”–उहाँले भन्नुभयो ।

उक्त घोडेजात्रा महोत्सवमा घोडाको मार्चपास, हर्स जम्पलगायत टुँडिखेलमा हुने सबै प्रकारका खेल हुनेछन् । उक्त महोत्सवलाई सम्पन्न गर्नका लागि १४ वटा घोडाको प्रयोग हुने नगरप्रमुख महर्जनले बताउनुभयो । रासस