१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

बेमौसमी वर्षाले पश्चिम नवलपरासीमा गहुँबाली नष्ट

बेमौसमी वर्षाले पश्चिम नवलपरासीमा गहुँबाली नष्ट
अ अ+ अ-

पाल्हीनन्दन। हालै भएको बेमौसमी वर्षा र हावाहुरीले पश्चिम नवलपरासीमा लगाइएको गहुँबाली नष्ट भएको छ ।

यही सोमबारको वर्षाले पनि नवलपरासीका गहुँबाली नष्ट भएको पाल्हीनन्दन गाउँपालिका–४ निवासी प्रमोद पटेलले बताउनुभयो ।

किसान पटेलका अनुसार उहाँको मात्र दुई बिघा गहुँबाली नष्ट भएको छ । त्यस्तै उहाँको जस्तै यहाँका अरु किसनाहरूको पनि गहुँबाली जमिनमा ढलेको छ ।

कात्तिकको दोस्रो सातापछि लगाइएको गहुँ एक महिनापछि भित्र्याउने बेला हुन्छ । वर्षाले तरकारी, मकै, उखु, आँप, लिच्चीजस्ता फललाई फाइदा तथा वायुप्रदूषण सफा गरे पनि गहुँबालीलाई भने क्षति पुर्‍याएको पटेलको भनाइ छ ।

स्थानीय तह गाउँपालिकाका कृषि शाखाका कर्मचारी वर्षापछि गहुँबाली अनुगमन गर्न नआएको किसान पटेलले गुनासो गर्नुभयो ।

जमिनमा ढलेका गहुँमा दाना नलाग्ने पीडित किसानको भनाइ छ । रामग्राम नगरपालिका–४ निवासी अर्जुन क्षेत्रीले ढलेका गुहुँमा दाना नलाग्ने भएकाले आफूसहित यहाँका किसानले ठूलो क्षति ब्यहोर्नुपर्ने बताउनुभयो । उहाँले किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।

यद्यपी वर्षाबाट गहुँबालीमा क्षति भएको भन्ने अहिलेसम्म लिखित तथा मौखिक रूपमा गुनासो नआएको गाउँपालीकाले बताएको छ ।

वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको भए किसानले गुनासो गर्ने तर हालसम्म त्यस्तो कुनै गुनासो नआएको सरावल गाउँपालिकाका कृषि विकास शाखाका कविता कार्कीले बताउनुभयो ।

यद्यपी गाउँपालिकाका कुनै पनि अधिकारी गहुँबाली क्षतिबारे अध्ययन गर्न फिल्डमा नआएको किसानको गुनासो छ । यस आर्थिक वर्षमा जिल्लाभर दश हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका योजना एवं बागबानी विकास अधिकृत नवराज घिमिरेले बताउनुभयो । गत हप्ताको वर्षा र हावाहुरीले धेरै ठाउँमा गहुँबाली ढालेकाले उत्पादनमा कमि आउने उहाँको भनाइ छ ।

कषि ज्ञान केन्द्र नवलपरासीका सूचना अधिकारी एवम् वरिष्ठ कृषि विस्तार अधिकारी चन्द्रप्रकाश गुप्ताले वर्षाबाट गहुँबालीमा क्षति भएको भनेर अहिलेसम्म किसानले निवेदन नदिएको बताउनुभयो । उहाँले निवदेन परेको अवस्थामा केन्द्रले खेतबारीमा गएर अध्ययन गर्ने उल्लेख गर्नुभयो । रासस