२० भाद्र २०८३, शनिबार
,
Latest
आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी सुरक्षा प्रमुख लारीजानीको आक्रमणका क्रममा मृत्यु भएको इजरायलको दावी, इरानको भनाइ आउन बाँकी



अ+ अ-

तेहरान। इजरायलले मङ्गलबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा शक्तिशाली नेता अली लारीजानीको हत्या गरेको घोषणा गरेको छ ।

नेता लारीजानीको मृत्युबारे इजरायलले गरेको दावीबारे समाचार तयार पार्दासम्म इरानको भनाइ आइसकेको छैन ।

यदि दावी अनुसार इरानी अधिकारीको मृत्यु नै भएको हो भने मध्यपूर्वमा जारी युद्धको दुई हप्ताभन्दा बढी समयपछि इरानका लागि यो अर्को ठूलो धक्का हुनेछ।

इजरायली रक्षामन्त्री इजरायली काट्जले लारीजानीको ‘गत राति’आक्रमणबाट मृत्यु भएको बताउनुभएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायली आक्रमणमा सन् १९८९ यता इरानका सर्वोच्च नेता रहेका अयातोल्लाह अलि खामेनीको मृत्यु भएको तीन हप्ता पनि नबित्दै इरानका लागि यो अर्को झड्का हो ।

इरानमा ६८ वर्षीय लारीजानीलाई इरानबबारे रणनीति तयार गर्ने ‘भित्री मान्छे’ को रूपमा हेर्ने गरिएको छ।

उहाँलाई पूर्व सर्वोच्च नेता दिवङ्गत खामेनीको निकट र दशकौँदेखि तेहरानको परमाणु नीति र रणनीतिक कूटनीतिको केन्द्रमा रहेका नेताका रूपमा हेरिन्छ ।

युद्ध सुरु भएपछि लारिजानी झनै शक्तिशाली हुनुभएको थियो । नयाँ सर्वोच्च नेता मोजतबा खामेनी आफ्ना पिताको स्थानमा नियुक्त भएदेखि सार्वजनिक रूपमा देखिनुभएको छैन तर लारीजानी गत हप्ता तेहरानमा सरकार समर्थक र्यालीमा भीडसँगै हिँडेको देखिएको थियो।

एएफपीका एक पत्रकारले तेहरानमा रात ‘मेघ गर्जन’ र वमवर्षासँगै विस्फोट भएको पुष्टि गरेका छन् ।

इजरायलले उहाँलाई मारेको बताएको केही समयपछि लारीजानीको आधिकारिक सामाजिक सञ्जाल प्रोफाइलमा यस महिना अमेरिकी पनडुब्बीको आक्रमणबाट इरानी युद्धपोत डुब्दा मारिएका इरानी नाविकहरूलाई श्रद्धाञ्जली दिँदै हस्तलिखित नोट पोस्ट गरिएको छ ।

उक्त नोटमा उहाँको मृत्युको दाबीबारे केही उल्लेख गरिएको छैन ।

इजरायलले इरानको रिभोलुसनरी गाड्र्सको बासिज अर्धसैनिक बलका प्रमुख घोलामरेजा सुलेमानीलाई पनि मारेको बताएको छ ।

इरानमा प्यालेस्टिनी इस्लामिक जिहाद समूहको सैन्य शाखाका प्रमुख अक्रम अल–अजौरीलाई लक्षित गरी आक्रमण गरेको तर उहाँको मृत्यु भएको पुष्टि नभएको बताइएको छ ।

सन् २०२३ अक्टोबर ७ देखि इजरायलले हमासको आक्रमणलाई विश्लेषकहरूले लेबनानमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गाजाका शीर्ष नेताहरूलाई लक्षित गर्दै आक्रमण नीतिको अनुसरण गरिरहेको छ।

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी कहाँ रहनुभएको छ भन्ने धेरै अड्कलबाजीको विषय बनेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भन्नुभएको छ, “उहाँको मृत्यु भएको छ वा छैन अझै हामीलाई प्रष्ट थाहा छैन ।” (रासस/एएफपी)