१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो
फाइल फोटो
अ अ+ अ-

खोटाङ। गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ ।

गएराति करिब ८ बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो ।

हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५, सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका स्थानीयवासीको २५ घरको छाना उडाएको जानकारी प्राप्त भएको नगरप्रमुख बिमला राईले बताउनुभएको छ ।

सोही नगरपालिकाको वडा नं ८ धितुङका छविलाला सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीको घरको छानो हावाहुरीले उडाएको बताइएको छ । हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार रावाबेँसी गाउँपालिका–१ कुभिण्डे हरमटारस्थित युवराज भट्टराईको घर, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ, रमेश श्रेष्ठ तथा दिक्तेल रुपाकोट मझुवागढी–७ दोर्पाका सुनसरी राई, सोही नगरपालिका–३ बाम्राङका पदमबहादुर कटुवालको घरको छानो हावाहुरीले उडाएको छ ।

यसरी जिल्लाका धेरै ठाउँमा क्षति भएको जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीथ विश्वकर्माले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जापलास्थित जनता आधारभूतलगायत जिल्लाका अधिकांश विद्यालयमा क्षति पु¥याएको सूचना आएको बताउनुभयो । क्षतिको यकिन विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ ।

असिनापानीसहित चलेको हावाहरीले रुख ढलेकाले जिल्लाका अधिकाशं ग्रामीण सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक सञ्चालनका लागि सम्बन्धित स्थानीय तहका जेसिबी प्रयोगमा ल्याइएको जनाइएको छ ।

हावाहरीका कारण सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेगाहर्जको मुडेमा रहेको रिपिटर टावरमासमेत क्षति पुगेको सञ्चालक समिति अध्यक्ष विष्णुकुमार राईले जानकारी दिनुभएको छ ।

यस्तै, हावाहुरीका कारण गएरातिबाट अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आएको छ । उदयपुरको जलजले र ओखलढुङ्गाबाट आउने ३३ केभी प्रसारण लाइन विद्युत्मा देखिएको समस्या समाधान गरेपछि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । रासस