१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

प्रदेश सरकारका एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि भएका छन्ः मुख्यमन्त्री यादव

प्रदेश सरकारका एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि भएका छन्ः मुख्यमन्त्री यादव
फाइल फोटो
अ अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ ।

एक सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले छोटो अवधिमै सरकार जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्न सफल भएको बताउनुभयो ।

मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी गर्नुभयो । “स्वास्थ्य क्षेत्रतर्फ अस्पतालको स्तरोन्नति, आवश्यक जनशक्ति व्यवस्थापन तथा औषधिको सहज आपूर्ति सुनिश्चित गरिएको छ ।

शिक्षा क्षेत्रमा विद्यालय सुधार, शिक्षक व्यवस्थापन तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गरिएको छ”, उहाँले भन्नुभयो,“कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई अनुदान, मल–बीउको उपलब्धता तथा सिँचाइ प्रणाली सुधारमा पनि महत्त्वूर्ण काम भएका छन् । पूर्वाधार विकासअन्तर्गत सडक, पुल तथा खानेपानी आयोजनाहरूलाई तीव्रता दिइएको छ ।”

मुख्यमन्त्री यादवले सुशासन र पारदर्शीतालाई प्राथमिकता दिँदै सेवा प्रवाहलाई सरल बनाउनुका साथै डिजिटल प्रणालीको प्रयोग विस्तार गरिएको बताउनुभयो । साथै, बेरोजगारी न्यूनीकरणका लागि सीपमूलक तालिम तथा रोजगारी सिर्जना कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री यादवले आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस