२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ खाद्यान्नमा आत्मनिर्भर



अ+ अ-

दाङ । दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ३६ हजार ३४९ रहेकोे भन्दै कृषि ज्ञान केन्द्रका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले सोहीअनुसार खाद्यान्न आवश्यक पर्ने जानकारी दिनुभयो । उहाँका अनुसार दाङमा वार्षिक एक दशमलव ७८ प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको छ । दाङमा प्रतिव्यक्ति १८१ किलोग्रामका दरले खाद्यान्न आवश्यक पर्ने गरेको उहाँको भनाइ छ । बचतका हिसाबले आठ हजार ४०१.८३ मेट्रिक टन बचत हुँदै आएको छ । प्रतिव्यक्ति ०.०१ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको सहायक सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

जिल्लामा अहिले उत्पादन हुँदै आएको खाद्यान्न बाहिरसमेत निर्यात हुने गरेको छ । कृषि पेशामा जिल्लाका नागरिक आत्मनिर्भर भइरहेको हुँदा यहाँ उत्पादित वस्तु बाहिर निर्यात हुने गरेको उहाँले बताउनुभयो । अहिले जिल्लामा मुख्य खाद्यान्नका रूपमा धान, मकै, गहुँ, कोदो, जौ, फापर आवश्यकता भन्दा उत्पादन हुँदै आएको छ ।

दाङको समथर भागमा विशेष गरेर अहिले धान उत्पादन हुने गरेको छ । माथिल्लो भेगमा कोदो, फाफर, जौ तथा देउखुरी क्षेत्रमा मकै बढी उत्पादन हुने गरेका ज्ञान केन्द्रले जानकारी दिएको छ । बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको जनाइएको छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्री–वितरण गर्दै आएको बताएका छन् । जिल्लामा खाद्यान्न बढ्दै गएको हुनाले भोलिका दिनमा पनि खाद्यान्नमा समस्या नहुने सहायक सूचना अधिकारी चौधरीले बताउनुभयो ।