२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको खेलकुद र युवा परिषद्मा ११ सदस्य नियुक्त



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्य नियुक्त गरेको छ ।

मन्त्रालयका सचिव डा हेमराज रेग्मीले खेलकुद परिषद्मा आठ र प्रदेश युवा परिषद्मा तीन गरी ११ जना सदस्यलाई आज नियुक्त गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयले खेलकुद परिषद् सदस्यमा गौरी हमाल डडेल्धुरा, चेतमान विक्रम शाह अछाम, श्यामसिंह सिनाल दार्चुला, प्रमोद मल्ल कैलाली, रुपेन्द्रबहादुर धामी डोटी, निताकुमारी खत्री अछाम, दिपजङ्ग शाही कैलाली र नवीनबहादुर सिंह बझाङलाई नियुक्त गरेको उहाँले बताउनुभयो ।

यसैगरी युवा परिषद्मा नरेन्द्रप्रसाद जैसी कैलाली, तुलबहादुर साउद अछाम र सङ्गीता केसी कुँवर अछामलाई नियुक्त गरिएको छ ।

यसअघि प्रदेश सरकारले युवा परिषद्को उपाध्यक्षमा गजेन्द्र साउद र खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्कालाई नियुक्त गरिसकेको छ । रासस