१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

‘पिएम कप’ क्रिकेट गण्डकी छनोटः नवलपुरलाई हराउँदै कास्की च्याम्पियन

‘पिएम कप’ क्रिकेट गण्डकी छनोटः नवलपुरलाई हराउँदै कास्की च्याम्पियन
अ अ+ अ-

कास्की। पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कप(पिएम कप) क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्कीले उपाधि जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा नवलपुरलाई ४८ रनले पराजित गर्दै कास्की लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । यसअघि अघिल्लो वर्ष समेत कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

फाइनल खेलमा कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर २४० रन बनायो । उपाधिका लागि २४१ रनको विजयी लक्ष्य पछ्याएको नवलपुर ४३ ओभरको दोस्रो बलमा जम्मा १९२ रन बनाएर ‘अलआउट’ हुन पुग्यो ।

कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले एक सय ३१ बलमा १११ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै टोलीलाई बलियो स्थितिमा पु¥याए । सुभास भण्डारीले ५३ बलमा ४२ रन बनाए । अन्तिम समयमा कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २७ रन जोड्दा टोलीको स्कोर प्रतिस्पर्धात्मक बनेको थियो ।

बलिङतर्फ नवलपुरका अपराजित पौडेल र कमल परियारले समान दुई÷दुई विकेट लिए भने मुन्ना नेपाली र सुदीप अर्यालले एक÷एक विकेट हात पारे । नवलपुरले सन्तोषजनक सुरुआत गरे पनि ठूलो साझेदारी गर्न सकेन। गौरव विश्वकर्माले २६ र अनिश गुरुङले १५ रन बनाए ।

दीपक डुम्रेले ३६ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न नसक्दा टोली दबाबमा परेको थियो । कास्कीका लागि कृष्ण पौडेलले चार विकेट तथा कप्तान विपिन खत्री र सुभाष भण्डारीले समान दुई÷दुई विकेट लिए भने सिब्रिन श्रेष्ठले एक विकेट हात पारे । कास्कीका अर्जुन कुमाल ‘प्लेयर अफ दि सिरिज’ तथा प्रतियोगिताको उत्कृष्ट ‘व्याटर’ समेत घोषित भए ।

अर्जुनले प्रतियोगितामा दुई सतकसहित ३२७ रन बनाए । प्रतिायेगितामा सर्वाधिक १२ विकेट लिएका कास्कीका विपिन खत्री उत्कृष्ट बलर घोषित भए ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरूलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सदस्य सुदीप शर्मा, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल, सचिव सुमनराज कार्कीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियोे ।

गत फागुन २७ गतेदेखी सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता थियो । प्रतियोगितामा खेलाडीहरूले गरेको

प्रदर्शनका आधारमा उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा सहभागी गराइने आयोजक प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । रासस