२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’ चौथो संस्करण हुँदै



अ+ अ-

काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा चौथो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ हुने भएको छ ।

खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा यही चैत ७ गते उक्त कार्यक्रम गर्न लागिएको एनओसीका उपाध्यक्ष तथा लुम्बिनी अन्तरराष्ट्रिय पिस म्याराथनका संयोजक अशोकरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष अप्रिल ६ मा विश्वभर मनाइने विकास र शान्तिका लागि अन्तरराष्ट्रिय खेलकुद दिवसबाट लुम्बिनी पिस म्याराथन प्रेरित रहेको उहाँले बताउनुभयो ।

एनओसीले सन् २०२२ देखि म्याराथन गर्दै आएको हो ।म्याराथनले उत्कृष्ट खेलाडी, धावक, युवा, आध्यात्मिक व्यक्तित्व तथा विश्वभरका शान्ति अभियन्तालाई एकैठाउँमा ल्याई खेल पर्यटनलाई प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुल्ला पाँच किमी दौड (पुरुष÷महिला) र पाँच किमी स्कुल ब्वाइज÷गल्र्स तथा सोही दूरीमा भेट्रान पुरुष गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी तीन किमी खुल्ला पिस वाकाथनको आयोजना पनि गरिनेछ। यी सबैमा गरी एक हजार २०० जनाले सहभगिता जनाउने संयोजक बज्राचार्यले जानकारी दिनुभयो । चौथो संस्करणको कुल पुरस्कार राशि रु १७ लाख ६९ हजार रहेको छ ।

पुरुष म्याराथनका विजेताले रु तीन लाख ५० हजार, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी म्याराथनमा शीर्ष दश स्थानमा रहने धावकलाई क्रमशः रु एक लाख, रु ८० हजार, रु ६० हजार, रु ४० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिनेछ ।

महिला हाफ म्याराथनमा विजेताले रु एक लाख ५० हजार, उपवजेताले रु एक लाख, तेसो हुनेले रु ८० हजार, चौथो हुनेले रु ५० हजार र पाँचौँ स्थान प्राप्त गर्नेले रु ३० हजार पुरस्कार पाउनेछन् ।

अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत संस्करणमा पुरुष म्याराथनमा अनिश थापामगर र महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजेता बन्नुभएको थियो । रासस