४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यस्तो छ रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रमको तालिका

यस्तो छ रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रमको तालिका
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई आज र भोली संसदीय अभ्यास र जिम्मेवारीबारे दुई दिने अभिमुखीकरण प्रशिक्षण दिन लागेको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुने अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, सुशासन, पारदर्शिता र जनप्रतिनिधिको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिने जनाइएको छ ।

नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट बुझाइ प्रदान गर्न, सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्न, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट गराउन र संसद, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउन अभिमुखीकरणको आयोजना गरिएको रास्वपाले जनाएको छ ।

कार्यक्रम अनुसार आज डा। अरनिको पाडेले कार्यक्रमको उद्देश्य र महत्व ,पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले किनोट मन्तव्य राख्नुका साथै देशको वर्तमान अवस्था र सांसदको भूमिकाबारे प्रस्तुति दिनु हुने छ । यसैगरी उपसभापति डोल प्रसाद अर्यालले चुनावी अभियानको अनुभव बारे जानकारी गराउनु हुने छ ।

पहिलो दिनको सत्रमा पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणाली तथा पूर्व कानुन सचिव तोयानाथ ज्ञावलीले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्। यसैगरी, अध्येता डा दोभान राईले लोकतन्त्र र सुशासनमा कृत्रिम बुद्धिमत्ताको प्रभावबारे प्रस्तुति दिनेछिन्। पार्टीका पुराना सांसदहरू अशोक चौधरी, शिशिर खनाल, डा। तोसिमा कार्की, सोबिता गौतम, गणेश पराजुली लगायतले आफ्नो संसदीय अनुभव नवनिर्वाचित सांसदहरूलाई सुनाउनेछन्।

दोस्रो दिन अर्थात भोली चैत्र ४ गतेको कार्यक्रम बिहान योग तथा ध्यानबाट सुरु हुनेछ। दोस्रो दिन विशेषगरी बजेट र सुशासनमा केन्द्रित रहनेछ। पूर्वसचिव डा तोयानारायण ज्ञवालीले योजना तथा बजेट निर्माण प्रक्रिया र पूर्वसचिव प्रताप कुमार पाठकले सुशासनबारे सांसदहरूलाई प्रशिक्षित गर्नेछन्। त्यसैगरी, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले नयाँ राजनीतिक संस्कारमा सांसदको आचारसंहिता र पार्टीसँगको सम्बन्धबारे प्रशिक्षण दिनु हुने छ