१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

पर्यटन प्रवर्द्धनका लागि १८५ किमी साइकलयात्रा

पर्यटन प्रवर्द्धनका लागि १८५ किमी साइकलयात्रा
अ अ+ अ-

झापा। स्वस्थ जीवनशैली र साइकल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले ५० जना युवाले झापाको १२ स्थानीय तहमा तीन दिवसीय साइकलयात्रा आज पूरा गरेका छन् ।

झापा साइकल क्लबको आयोजना र पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा फागुन ३० गते प्रारम्भ भएको यात्रा आज सम्पन्न भएको हो । पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकृत निरोज कट्टेलका अनुसार ‘घुमौँ झापा–२०८२’ अन्तर्गत नेपाल र भारतका साइकलयात्रीले १२ वटा स्थानीय तहको १८५ किलोमिटर दूरी साइकलबाट पार गरेका छन् ।

साइकलयात्रीले घुम्ने क्रममा हरेक स्थानीय तहमा रहेका पर्यटकीयस्थल र धार्मिकस्थलको अवलोकन गरेका थिए । विभिन्न जातजातिका संस्कार र संस्कृतिका बारेमा समेत सो अवसरमा साइकलयात्रीले स्थलगत रूपमा जानकारी लिएका थिए ।

केही वर्षयता झापामा स्वास्थ्यका लागि साइकलयात्रा गर्ने र यात्रीहरू सङ्गठित हुने क्रम बढेको छ । जिल्लाभरका साइकलयात्रीले क्लब गठन गरेका छन् ।

साइकलबाट यात्रा गर्दा शारीरिक व्यायाम हुने र पर्यावरणमा प्रदूषण न्यूनीकरण गर्न सघाउ पुग्ने विषयमा साइकलयात्रीले स्थानीयवासीलाई जानकारी गराएका थिए । रासस