१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम एशियामा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा, उच्चस्तरीय कुटनीतिक संवाद जारी



अ+ अ-

काठमाडौँ। सरकारले पश्चिम एशिया (खाडी क्षेत्र) मा बढ्दो तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई आफ्नो सबैभन्दा ठूलो र पहिलो प्राथमिकतामा राखेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालीहरूको सुरक्षा, अवस्था र आवश्यक परेको खण्डमा उद्धारका लागि उच्चस्तरीय संयन्त्र परिचालन गरी कूटनीतिक पहललाई तिब्र बनाएको जनाएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार नेपाली नागरिकको सुरक्षा र समन्वयका लागि परराष्ट्र सचिवको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (आपत्कालीन प्रतिक्रिया टोली) ले सक्रिय रूपमा काम गरिरहेको छ ।

उक्त टिमको तेस्रो बैठक सम्पन्न भइसकेको र बैठकमा नेपाली नागरिकको ज्यानधनको सुरक्षा, उद्धार र स्वदेश फर्कन चाहनेहरूलाई कसरी समन्वयात्मक रूपमा सहयोग गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको छ ।

यसका साथै, उच्च राजनीतिक तहबाटै मध्यपूर्वका देशहरूसँग संवाद अगाडि बढाइएको छ । प्रधानमन्त्री आफैँले विभिन्न देशका समकक्षीहरूसँग टेलिफोन संवाद गरिसक्नुभएको र परराष्ट्रमन्त्रीले पनि कुवेत र बहराइनका समकक्षीहरूसँग नेपालीको सुरक्षाका विषयमा कुराकानी गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्तो संवेदनशील अवस्थामा केन्द्रबाट मन्त्रालय र पश्चिम एशियामा रहेका हाम्रा १० वटै कुटनीतिक नियोगहरूले मित्र राष्ट्रहरूसँग सघन समन्वय गरिरहेका छन् । नेपालीहरूको सुरक्षाका लागि हामी अहोरात्र खटिएका छौँ ।’

मन्त्रालयले सम्बन्धित देशका सरकारले जारी गरेका सुरक्षा एड्भाइजरी (सुझाव) हरूलाई पूर्ण रूपमा पालना गर्न, अफवाहको पछाडि नलाग्न र सुरक्षित रहन सम्पूर्ण नेपालीहरूलाई अपिल समेत गरेको छ । —न्युज एजेन्सी नेपाल