१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटिमण्डपमा भौचर मेला



अ+ अ-

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा सोमबारदेखि भौचर मेला सुरु भएको छ ।

व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले भौचरमा आधारित तालिम मेला आयोजना गरेको हो । परियोजनाका उपनिर्देशक सुदर्शन मरहठ्ठाले आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ५ सय जनालाई तालिम दिई रोजगारी उपलब्ध गराउने योजना अनुरुप भौचरमा आधारीत तालिम मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले मेलामा ५८ वटा तालिम प्रदायक संस्थाहरुका स्टल रहेको र सहभागिहरुले इच्छा लागेको विषयको तालिम आफुलाई पायक पर्ने संस्थाबाट लिन सक्ने बताउनुभयो । उहाँले तालिमपछि रोजगारीको अवसर पाउनुका साथै आफै समेत व्यवसाय गर्न सकने बताउनुभयो ।

मेलामा १० हजार ९ सय ४१ जना सहभागिहरु छनौट भएको उहाँले जानकारी दिनुभयो । मेलामा सहभागिहरुले भौचर पाउने र आफुलाई पायक पर्ने तालिम केन्द्रको छनौट गरी इक्षा लागेको सिप सिक्न उक्त फारम भर्नुपर्ने उहाँले बताउनुभयो । मेला मंगलबार सम्म सञ्चालन हुने छ ।