९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : बसाहा क्लब सेमीफाइनलमा

कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : बसाहा क्लब सेमीफाइनलमा
अ अ+ अ-

सुनसरी। इटहरीमा जारीे तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्व कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको बसाहा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज भएको खेलमा उदयपुरको बसाहा क्लबले न्यू स्टार क्लब बराहाक्षेत्रलाई ‘ट्राइब्रेकर’मा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । बसाहा क्लबका लागि रितेश तामाङले ५७औँ मिनेटमा तथा अनिश बस्नेतले ७६औँ मिनेटमा गोल गरेका थिए । यस्तै न्यू स्टार क्लबका नितेश लिम्बूले खेलको नवौँ र ५९औँ मिनेटमा गोल गरेका थिए ।

ट्राइब्रेकरमा बसाहा क्लबका रितेश तामाङ, बिबेक चौधरी, आयुष राई र पवन मगरले गोल गरेका थिए भने न्यू स्टार क्लबका सन्दीप श्रेष्ठ, नितेश लिम्बू र भीम विकले गोल गरे भने सुसान्त तामाङ र उमेश कार्कीले गोल गर्न सकेनन् । आजको खेलको ‘प्लेयर अफ दी म्याच’ बसाहा क्लबका गोलकिपर सन्दीप भट्टराई घोषित भए । उनले रु पाँच हजार ५०० सहित मेडल प्राप्त गरेको क्लबका सचिव विज्ञान राईले जानकारी दिए ।

सोमबार क्वाटरफाइनल खेल सङ्खुवासभाको लोहोरुङ फुटबल क्लब र तेह्रथुमको चुत्तन स्पोर्टिङ क्लबबीच  हुने छ । यही चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु चार लाख चार हजार तथा उपविजेताले रु दुई लाख दुई हजार २०० प्राप्त गर्नेछ ।  रासस