२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनदेखि हराएका युवकको शव फेला



अ+ अ-

कालीकोट। बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ ।

उहाँको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो ।

उहाँ बिहीबार खाना खाएर घरबाट निस्किनुभएको थियो । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ ।

आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताउनुभयो ।

“उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो । रासस