१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै
अ अ+ अ-

म्याग्दी।  ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ ।

विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबाट बेनी नगरपालिका-२ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ट्रयाक खुलेकामा अहिले स्तरोन्नति भइरहेको हो ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाका रूपमा हाँडेभिर-बगरफाँट-भकिम्ली सडक आयोजना छनोट भएको हो । सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले माछापुच्छ्रे हिमालयन जेभीसँग रु १० करोड लागत अनुमान गरी प्रतिस्पर्धामार्फत विसं २०८१ जेठमा ठेक्का सम्झौता गरी आयोजना कार्यान्वयन गराइएको थियो । कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सर्तमा सडक स्तरोन्नतिको जिम्मा लिएको थियो ।

अहिले सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने, सम्याउने, बेस तयार गर्ने, खोल्सा र खोलाहरुमा पक्की ढलान गरी पानीलाई निकास दिनेलगायत काम सकेर अब ग्राभेल गर्न बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताउनुभयो । “सडकको ग्राभेलबाहेकको अरू सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्रमा ग्राभेलका लागि बेस राख्ने काम सुरु हुन्छ”, उहाँले भन्नुभयो ।

बगरफाँटको कोटखोलादेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने काम सकिएको र अब  ग्राभेलसहित स्तरोन्नति गरिने भण्डारीले बताउनुभयो । उहाँका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक कालोपत्र भइसकेको छ ।

सडक स्तरोन्नतिको मापदण्डअनुसार बगरफाँटबाट दूधेखोलासम्मको करिब साढे दुई किमी सडकलाई आठ मिटर फराकिलो बनाइएको सडक स्तरोन्नति सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले बताउनुभयो । अब ग्राभेलसहित स्तरोन्नति गरिने उहाँका भनाइ छ ।

सोही सडक स्तरोन्नति आयोजनाअन्तर्गत दूधेखोलाबाट भकिम्ली जोड्ने सडकको विभिन्न ठाउँमा ३९० मिटर ढलान गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी रबिन चोखालले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिपछि बागलुङको ताराखोलाबाट म्याग्दीको मङ्गला गाउँपालिका-३ र ४ वडामा पर्ने बरङ्जा, अर्मन, बेनी नगरपालिकाका मुसुङडोले, थामडाँडा, बास्कुना, अर्जेखोलालगायत भकिम्ली, हल्लेगौडा, दूधेखोला र बगरफाँटका बासिन्दालाई सहज हुनेछ ।

यहाँ उत्पादिन सुन्तला, फलफूल, तरकारी, दूधलगायतका कृषि उपजको बजारीकरण र आवतजावतमा सहज हुने भएपछि स्थानीय खुसी भएका छन् ।  रासस