१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या



अ+ अ-

जाजरकोट । नेपाल टेलिकमको रिपिटर टावर कम हुँदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् । नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जिल्लाको मौरे, रसीकोलेकमा रिपिटर टावर रहेको जानकारी दिए । उनले भने, ‘कोरियान स्याटेलाइटबाट जोडिएका टावरबाट एकपटकमा १६ व्यक्तिले मात्र फोन गर्न मिल्ने छ ।’

माइक्रोवेभमा नजोडिएका कारण डोल्पाका अधिकांश स्थानीयवासी सञ्चार सेवा सहजरूपमा प्रयोग गर्न पाएका छैनन् । उपल्लो डोल्पाको सहरतारामा कोरियन स्याटेलाइट प्रविधिलाई विस्थापित गरेर माइक्रोवेभबाट चल्ने टावर जोड्ने काम शुरु भएको छ। हिमापात जारी रहेकाले दुुई महिनादेखि काम अवरुद्ध भएको टेलिकमले जनाएको छ । जिल्लामा दुुई मात्र रिपिटर टावर हुँदा सबै ठाउँमा रहेका टावरमा लिङ्क जोड्न समस्या भएको प्राविधिक भट्टराईले जानकारी दिए । रिपिटर टावर कम भएकै कारण जिल्लामा महिनैपिच्छे टावरमा समस्या आउने गरेको छ ।

जिल्लाका सबै टावरलाई माइक्रोवेभमा जोडेर सञ्चालन गरे मात्र यहाँको सञ्चार सेवा प्रभावकारी हुने टेलिकमले जनाएको छ । स्याटेलाइटबाट एकपटक १६ जनाले फोन गर्न मिल्ने र इन्टरनेट चलाउँदा धेरै महङ्गो हुने गर्दछ । महङ्गो तथा कम गति भएका कारण दैनिक फोन गर्न मोबाइलमै पालो कुर्नुपर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । डोल्पामा नयाँ दुई टावरको निर्माणकार्यसमेत जारी रहेको बताइएको छ ।

टेलिफोन सेवा प्रभावकारी नहुँदा काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए । मुडेकेचुला गाउँपालिकामा नयाँ टावर थपेर काम शुरु भएको छ । अहिले भारी हिमपात हुने भएकाले टावरमा बढी समस्या आएको टेलिकमले जानकारी दिएको छ । सबै ठाउँका टावर माइक्रोवेभमा जोड्नका लागि रिपिटर टावर थप्नुपर्ने टेलिकमले जनाएको छ ।