१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु



अ+ अ-

कैलाली। कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन सुरु गरिएको छ ।

अत्तरिया चोकबाट गोदावरी रोडको पूर्वपट्टि बनाइएका अवैध संरचनाहरू आजदेखि डिभिजन वन कार्यालय धनगढीको समन्वयमा सब डिभिजन कार्यालय अत्तरियाको टोलीले डोजर प्रयोग गरेर हटाउन सुरु गरेको हो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरका अनुसार गोदावरी क्षेत्रमा वन अतिक्रमण गरी अवैध रूपमा भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दो अवस्थामा रहेको सूचना प्राप्त भएपछि हटाउने अभियान सुरु गरिएको हो ।

गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरेर घर बनाउने कार्य तीव्र रूपमा भइरहेको सूचना आएकाले त्यस्ता संरचना हटाउने कामको सुरुआत आजदेखि सुरु भएको उहाँले बताउनुभयो । उहाँले अबदेखि कसैले पनि वन क्षेत्र अतिक्रमण गरी घर वा अन्य भौतिक संरचना नबनाउन आग्रहसमेत गर्नुभयो ।

पछिल्लो समय गोदावरी क्षेत्रका विभिन्न सामुदायिक वनमा अतिक्रमण गरी घर, भवन तथा सार्वजनिक संरचना बनाउने क्रम बढ्दै गएको स्थानीय वीरेन्द्र भट्टले बताउनुभयो । वन अतिक्रमण हटाउने कार्यमा दुर्गालक्ष्मी सामुदायिक वनका पदाधिकारी, वनकर्मी तथा नेपाल प्रहरीको पनि सहभागिता रहँदै आएको वन कार्यालयले जनाएको छ ।  रासस




भर्खरै