१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु

उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु
अ अ+ अ-

कर्णाली। तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ ।

यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।

उपचारका क्रममा बिहीबार राति अस्मिताको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ललिजङ्ग शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालीको गर्भावास्थामा प्रेसर बढेर अस्पताल पुर्‍याइएको थियो । बिरामीमा मिर्गौला र कलेजको पनि समस्या थियो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञले गर्नुपर्ने उपचार जुम्लामा नभएकाले यहाँ ल्याइएको थियो ।”

शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लैजाने भनिए पनि सिधैँ त्यहाँ लैजाने अवस्था नभएकाले डायलोसिस हुन सक्छ कि भनेर यहाँ ल्याइएको जनाउँदै डा शाहीले सेन्ट्रल भेनस क्याथेटराइजेसन (सिभिसी) खोल्न नमिलेपछि सघन उपचार कक्ष (आइसियु) राखेर उपचार थालिएको बताउनुभयो । उहाँका अनुसार उपचारको क्रममा बिहीबार राति १ः०० नेपालीको मृत्यु भएको हो ।

अस्मिताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्रतिष्ठानको सघन कक्षमा राखेर उपचार गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यमा थप सुधार ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत सुर्खेत पुर्‍याइएको बताउँदै उपचारका क्रममा राति मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्मिताको कलेजो र मिर्गाैलामा समस्या देखिएको थियो । चार दिनअघि जुम्ला प्रतिष्ठानमा शिशुको जन्म दिएकी अस्मिताको उपचारका क्रममा मृत्यु भएको बताउँदै उहाँले नवजात शिशुको अवस्था भने सामान्य रहेको उल्लेख गर्नुभयो ।

मृतकका श्रीमान् राज नेपालीले निरन्तर प्रयास गरे पनि अस्मितालाई बचाउन नसकिएको दुःखेसो व्यक्त गर्नुभयो । नवजात छोरीको अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

राजका अनुसार आर्थिक अवस्था कमजोर भएकाले ऋण गरेर सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै आज शव जुम्लामा पुर्‍याइएको छ । आजै दाहसंस्कार पनि गरिने परिवारले जनाएको छ । रासस