३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक छः मुख्यमन्त्री आचार्य



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको आज बुटवलमा सम्पन्न बैठकमा उहाँले सङ्गठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।

नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्याङ्कन गरी आगामी दिनमा नयाँ ढङ्गले जनतामाझ जानुपर्ने धारणा राख्नुभयो । उहाँले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्वपूर्ण कामबारे बुझाउन आवश्यक रहेको बताउनुभयो ।

बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टीका अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाललगायतले आफ्ना धारणा राख्नुभएको थियो । रासस