३० जेष्ठ २०८३, शनिबार
,
Latest
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन



अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ ।

ललितपुर-१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगरले निर्माण गरेको ‘ब्लक सी’ भवन सञ्चालनमा आएको हो ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले आज एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गर्दै र्नुभएको हो । यहाँबाट १२ नं वडा कार्यालयसँगै महानगरका दुईवटा महाशाखाले नगरवासीलाई सेवा दिने जानकारी दिनुभयो ।

“भवन निर्माणका क्रममा धेरै कठिनाइ उत्पन्न भए, मुद्दा मामिलादेखि जग्गाको भोगाधिकारसम्मका विषयलाई हामीले समाधान गरेर यो चरणसम्म सफलता हासिल गर्न सफल भयौँ”, उहाँले भन्नुभयो ।

हालसम्म महानगरले तीन प्रशासनिक र २३ वटा अत्याधुनिक वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको जनाउँदै महानगरप्रमुख महर्जनले प्रविधिअनुसारको नागरिकमैत्री सेवा प्रवाहका लागि महानगर प्रयासरत रहेको बताउनुभयो । उहाँले आगामी दिनमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अब वडा नं ५, ९, १४ र १६ सहित पाँचवटा वडा कार्यालय भवन निर्माण हुन बाँकी रहेको जानकारी गराउँदै ती भवन पनि यथाशीघ्र निर्माण गर्नेतर्फ महानगर केन्द्रित रहेको बताउनुभयो । उहाँले वडा नं ५ को भवन निर्माणका लागि जग्गा प्राप्तिको कार्य सम्पन्न भइसकेको जानकारी गराउनुभयो । सेवा प्रवाहको हिसाबले यो भवन नागरिकका लागि अत्यन्तै महत्वपूर्ण भएको भन्दै उहाँले धेरै कानुनी अवरोध सामना गर्दै समयमा भवन निर्माण सम्पन्न गरेर सेवा प्रवाह गर्ने अवस्थामा आएकामा खुसी व्यक्त गर्नुभयो ।

ललितपुरका जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले यो अत्याधुनिक भवन निर्माणले सुशासन कायम राख्दै सरकारी मूल्य मान्यता र स्वचालित सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यहाँका सबै कर्मचारी तथा सरोकार भएका निकायले सुशासन कायम राखेर नागरिकलाई सेवा दिने र उपलब्धिमूलक नचिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले समुदायस्तरबाट ठूलाठूला मठमन्दिर निर्माण भएका स्मरण गर्दै महानगरले नागरिकको सेवामा गरेको पहल उदाहरणीय रहेको धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ललितपुर महानगरले उत्कृष्ट कार्य सम्पादन गर्नेतिर ध्यान दिएको र नागरिकको सेवाको सर्वोपरि हितलाई ध्यान दिँदै महानगरले आफ्नो कार्यहरू अगाडि बढाइरहेको जानकारी गराउनुभयो । उहाँले विगतमा निर्माण भएका भवनहरु अहिले पर्याप्त नभएकाले सेवाग्राहीको सहजतालाई केन्द्रमा राखेर प्रशासनिक संरचना निर्माण गरिएको उल्लेख गर्नुभयो ।

दुई हजार २४४ दशमलव ४१ वर्गमिटर क्षेत्र रहेको छतले भवनको पहिलो तलामा वडा कार्यालय र त्यसभन्दा माथि महानगरका महाशाखाहरू सञ्चालनमा आउने जनाइएको छ ।

महागरको पूर्वाधार महाशाखा प्रमुख प्रदीप पौडेलले दिनुभएको जानकारीअनुसार २४ महिनाभित्र रु ११ करोड ९५ लाखमा निर्माण सम्पन्न हुनेगरी २०७९ असार १३ गते सम्झौता भएको उक्त भवन निर्माणका क्रममा विभिन्न कानुनी झमेलाका कारण पटकपटक म्याद थप गरी हालै निर्माण सम्पन्न भएको हो । रासस