काठमाडौं । काठमाडौं उपत्यकासहित क्षेत्रमा बिहानदेखि घाम लागे पनि तराईका क्षेत्रमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावले पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । मंगलबार दिनभर देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा हुनेछ । राति मध्य र पूर्वमा आंशिक बदली तथा बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने जनाइएको छ ।