२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उनले मिनीटिपरका चालकलाई नियन्त्रणमा लिइएको र मृतकका शव परीक्षण गर्न गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको बताए ।