३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने

भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने
अ+ अ-

राँझा । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिए । उनका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि बनेको प्रदेशस्तरीय समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले विशेष कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहको साझेदारी खोजिएको बताए । होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले भने, “पर्यटकले चाहेमा जङ्गल सफारीसमेत गर्ने व्यवस्था मिलाइएको छ । ” प्रदेश नं ५ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा आयोजना हुनेछ ।

भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । उनले पर्यटकलाई निकुञ्ज अवलोकन गर्न आउन आग्रह गर्दै यहाँको प्राकृतिक मनोरम वातावारणको आनन्द लिन सबैलाई जङ्गल सफारी खुला गरिएको बताए ।

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले ५ नं प्रदेशका सबै जिल्लामा विविध कार्यक्रमका साथ भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारीरूपमा अघि बढाइने निर्णय भएको जानकारी दिए । बाँकेका घरवासले पनि भ्रमण वर्ष लक्षित विशेष अभियान शुरु गरेको पर्यटन प्रवद्र्धन प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बताए ।