१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब प्रहरीले सर्वसाधरणलाई दाउरा दिने



अ+ अ-

विदुर । केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि प्रहरीले आज विदुरमा दाउरा वितरण गरेको छ ।

चिसोको प्रभाव बढेपछि प्रहरीले आज विदुर, बट्टार, ढुङ्घे र त्रिशूलीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

नायब उपरीक्षक थापाका अनुसार जाडोका कारण बिहान शीतलहर हुने, चिसो हावा चल्ने, कुहिरोले ढाकेपछि घाम लाग्न कुहिरो र हुस्सुले छेक्ने भएकाले मानिसका हातखुट्टा चिसोले गर्दा कठ्याङ्ग्रिने भएकाले आज हामीले विभिन्न ठाउँमा दाउरा वितरण गरिएको छ ।