१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल साहित्य मन्दिरलाई रु एक लाख सहयोग



अ+ अ-

मध्यपुरथिमि । भक्तपुरमा नेपाल भाषाको साहित्यको विकास गर्ने उद्देश्यले स्थापना भएको नेपाल साहित्य मन्दिरलाई रु एक लाख १११ सहयोग प्रदान गरिएको छ ।

भक्तपुरको दूधपाटीमा सञ्चालित ‘दि टिसा इन’ ले होटल व्यवसायबाट आर्जन गरेको मुनाफाको १० प्रतिशत रकम नेपाल भाषा साहित्य तथा नेपाली साहित्यको संरक्षण संर्वद्धनका लागि प्रदान गर्ने घोषणाअनुसार आज उक्त रकम प्रदान गरिएको टिसा इनका सञ्चालक प्रशान्त कायस्थले बताउनुभयो ।

भक्तपुरमा नै हालसम्म जीवित रहेको भक्तपुरको सबैभन्दा पुरानो संस्था नेपाल साहित्य मन्दिरलाई जीवन्त राख्न उक्त सहयोग गरिएको उहाँको भनाइ थियो ।

कायस्थले नेपाल साहित्य मन्दिरका कोषाध्यक्ष शान्ता याँचालाई उक्त रकम हस्तान्तरण गर्नुभयो । नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थले सहयोग प्रति खुशी व्यक्त गर्नुभयो ।