५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वसन्तले रंगिएको मनाङको तिमाङ वन-फोटो फिचर



अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङ जिल्ला को चामे गाउँपालिका–१ स्थित तिमाङ वन यतिबेला वसन्तको रङले भरिएको छ। वनभरि लालीगुराँस ढकमक्क फुलेका छन् भने ती फूलबीच हिमाली भेगका चौँरीहरू शान्त रूपमा चरिरहेका दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काइरहेको छ।

हिउँद सकिएसँगै सुरु हुने वसन्त ऋतुमा तिमाङ वरपरका वन राताम्य हुने गर्छन्। नेपालका राष्ट्रिय फूल लालीगुराँसले डाँडाकाँडा ढाक्दा यहाँको वातावरण अझै रमणीय बनेको छ। राता फूलले सजिएको वनबीच चौँरीहरू चर्दै गरेको दृश्य स्थानीयका लागि मात्र होइन, घुम्न आउने पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ।

हिमाली जीवनसँग गहिरो सम्बन्ध राख्ने चौँरी यहाँका बासिन्दाको जीवनयापनको महत्वपूर्ण आधार हो। चौँरीबाट प्राप्त हुने दूध, घ्यू, छुर्पी र ऊनले स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको छ। त्यही चौँरीहरू वसन्तको मौसममा लालीगुराँसले भरिएका वनमा चरिरहेका देख्दा हिमाली संस्कृतिसँग प्रकृतिको सुन्दर मेल देखिन्छ।

लालीगुराँस फुलेका डाँडाहरू, सफा हिमाली हावा र चौँरी चरिरहेका दृश्यले मनाङको प्राकृतिक सौन्दर्यलाई अझ जीवन्त बनाइदिन्छ।

स्थानीयहरूका अनुसार वसन्तको यही समय तिमाङ क्षेत्र घुम्नका लागि सबैभन्दा उपयुक्त मानिन्छ। प्रकृतिको काखमा चौँरी चर्दै गरेको दृश्य र ढकमक्क फुलेको लालीगुराँसले मनाङको पहिचानलाई अझ उजागर गरिरहेको छ।

तस्बिर: नवीन लामिछाने