२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै आधा दर्जन प्रहरी चौकी भाडामा



अ+ अ-

लमजुङ । जिल्लाको विकट दूधपोखरी गाउँपालिका–६ गौडामा नवनिर्मित भूकम्प प्रतिरोधी गौडा प्रहरी चौकी भवनको सञ्चालनमा आएको छ । नवनिर्मित प्रहरी भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले मङ्गलबार उद्घाटन गर्दै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गराउन नेपाल प्रहरी दत्तचित्त रहेको बताउनुभयो ।

प्रहरी चौकीको क्षेत्रफल तीन रोपनी चार आना रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे दुईतले भवन रु एक करोड ४२ लाख ३५ हजार ८६१ लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । प्रहरी चौकीमा भान्सा, शौचालय, कार्यालयदेखि महिला–पुरुषका लागि फरक–फरक हिरासत निर्माण भएको छ ।

त्यस्तै क्व्होलासोथर गाउँपालिका–९ गिलुङ टक्सारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु एक करोड ४७ लाख ६८ हजार ९८० लागतमा प्रहरी चौकी भवन निर्माण भएको छ ।

जिल्लामा अझै आधा दर्जन प्रहरी चौकीको आफ्नै भवन छैन । कतै सरकारी तथा विद्यालयका भवनमा त कतै घर भाडामा लिएर सेवा दिँदै आएको छ । प्रहरीको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको प्रहरीले जनाएको छ ।