१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधारभूत तह परीक्षाका लागि ५७ केन्द्र



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ ।

आगामी चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा समितिको आज बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको हो । गत माघ १४ गते बसेको बैठकले चैत ५ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुँदैछन् । यसमा १० हजार ७४५ जना छात्र र आठ हजार ३७२ जना छात्रा छन् ।

विद्यालयको प्रकृतिका आधारमा दुई वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका चार हजार ६१४, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी हुने प्रमुख ढकालले जानकारी दिनुभयो ।

परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र कायम गरिएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ । रासस