१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते



अ+ अ-

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४ः१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन् ।

बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आउनुभएको फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा फर्ममा काम गर्ने सहयोगी सौरव यादवको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विस्फोट सुतली बम हो वा अन्य प्रकारको भन्ने अझै यकिन भइसकेको छैन । प्रहरी नायब उपरीक्षक पालका अनुसार विस्फोट भएको सटर वरपर र कोठाभित्र कुनै पर्चा–पम्प्लेट फेला परेको छैन । “प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा छ । चोहर्वास्थित नन्दाबक्स गणबाट निष्क्रिय टोली पनि आइसकेको छ र थप अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो ।

घटनापछि केही समय त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ । रासस