१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु



अ+ अ-

दाङ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु भएको छ ।

प्रतिष्ठानमा क्याथ ल्याब मेसिन स्थापना भएसँगैले मुटुरोगको उपचार सुरु गरिएको फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा दिनेश उप्रेतीले बताउनुभयो ।

मङ्गलबार प्रतिष्ठानमा आएका रोल्पाका ५९ वर्षीय पुरुषको उपचार गरिएको हो । ती पुरुषको मुटु वरिपरि अत्यधिक पानी जम्मा भएको थियो । त्यसपछि प्र्रतिष्ठानको एमआरआइ, सिटीस्क्यान, भिडियो एक्स–रे को सहयोगमा  बिरामीको रोगको ‘डाइग्नोसिस’ गर्न सहज भएको उहाँले बताउनुभयो ।

मुटु वरिपरि पानी धेरै नै जम्मा भएको पत्ता लागेपछि मुटुरोग विशेषज्ञ उप्रेतिको नेतृत्वमा तारको विधिबाट शल्यक्रिया गरेर निकालिएको हो ।

शल्यक्रियापछि बिरामीको अवस्था सामान्य भएकाले उहाँलाई घर पठाइएको छ । उप्रेतीका अनुसार मुटुरोगको उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडी सञ्चालनमा ल्याएको छ । रासस