२३ श्रावण २०८३, शनिबार
,
Latest
किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता ‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’ दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त



अ+ अ-

काठमाडाैँ । यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।

जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महत्वपूर्ण बालीका रूपमा लिइन्छ । यसले घरायसी खाद्यान्नको आवश्यकता पूर्ति गर्नुका साथै नगदेँ आम्दानीको स्रोतसमेत बनेको छ । विशेषगरी जिल्लाका पहाडी भेगका किसानले हिउँदे सिजनमा आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।

भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकासहित प्रायः सबै क्षेत्रमा किसान यतिबेला आलु खन्ने र थन्काउने काममा व्यस्त देखिन्छन् । केही किसानले उत्पादन भएको आलु घरायसी प्रयोजनका लागि भण्डारण गरिरहेका छन् भने अधिकांशले बजारमा बिक्रीका लागि तयारी गरिरहेका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाका अनुसार आलु खेतीले प्रशस्त आम्दानी दिने भएकाले पछिल्लो समय यहाँका किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । “अन्य बालीभन्दा आलुबाट छिटो आम्दानी लिन सकिन्छ”, उनले भने, “भोजपुर बजार नजिक भएकाले बेचबिखनमा खासै समस्या छैन । हामी यतिबेला आलु थन्काउनमा व्यस्त छौँ ।”

गाउँबाट युवाशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ जाने क्रम बढ्दै जाँदा खेतबारीमा कामदार अभाव हुने समस्या देखिएको किसानहरूको गुनासो छ । अधिकांश किसानले परिवारका सदस्यकै सहयोगमा आलु खन्ने र थन्काउने काम गरिरहेका छन् ।

जिल्लामा उत्पादन भएको आलु स्थानीय बजारसँगै छिमेकी जिल्ला र पूर्वी तराईका बजारसम्म पनि बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । उचित बजार व्यवस्थापन र भण्डारणको सुविधा उपलब्ध भए आलुखेतीबाट थप आम्दानी लिन सकिने किसानको भनाइ छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । समयमै आलु थन्काएर सुरक्षित रूपमा भण्डारण गर्न सके किसानलाई वर्षभरि खाद्यान्नको सहजता हुने र अतिरिक्त उत्पादन भएको बिक्री गरेर आम्दानी लिन सकिने किसान बताउँछन् ।