५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य विभागको बजार अनुगमन तिव्र



अ+ अ-

काठमाडौंँ । निर्वाचनको पछि सरकारी कार्यलय नियमित भएसंगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन लाई तिव्र पारेको छ । विभागले मंगलबार १३ वटा फर्ममाथि अनुमगन गरेको छ ।

अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो ।

यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।