९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

पोखरा मेयरको महाविरलाई आग्रह : सडकमा होइन, व्यवसायीमार्फत किताव बिक्रि गर्नु

पोखरा मेयरको महाविरलाई आग्रह : सडकमा  होइन, व्यवसायीमार्फत किताव बिक्रि गर्नु
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो अभियानका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आग्रह गरेका छन् ।

मेयर आचार्यले आफ्नो सामाजिक सञ्जाल मार्फत पुनलाई सडकमा यसरी अनुमतिबिना पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर परेको र कानुनविपरीत हुने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गर्न सुझाव दिएका छन्।

फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईँमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन,उनले दर्ता र आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा पनि जटिल हुन सक्ने स्मरण गराएका छन्।

मेयर आचार्यले पुनलाई भनेका छन्

सर्वप्रथम, अत्यधिक मतसहित विजयी हुनुभएकोमा हार्दिक बधाई तथा आगामी कार्यकालको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यहाँको देश र समाजप्रतिको समर्पण, सादगीपन र पवित्र उद्देश्यप्रति हामी सबैको उच्च सम्मान छ। नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभरि घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहनु भएको कार्य सराहनीय छ। वास्तवमा, तपाईंको अभियानलाई सहयोग गर्ने भावनाले नै धेरैले उत्साहपूर्वक पुस्तक खरिद गरिरहेका छन्।

तर, बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ। पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवाल–जवाफ भएको देखिएको छ, जुन तपाईं जस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था होइन।

आज तपाईं केवल महावीर पुन मात्र नभई देशले सम्मान गरेको एक आदरणीय व्यक्तित्व र सार्वजनिक नेतृत्वको स्थानमा हुनुहुन्छ। देशभर करिब १८ हजार पुस्तक व्यवसायी छन्, जो राज्यका विभिन्न निकायमा दर्ता भई लेखकहरूका पुस्तक बिक्री–वितरण गर्दै आएका छन्।
यदि तपाईं पोखरा आउने समय दिनुहुन्छ भने, पुस्तक व्यवसायी महासंघमार्फत तपाईंलाई सहज र उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री–वितरणमा सहयोग गर्न सकिनेछ। यसले तपाईंको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिएका छौँ।

फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईंमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन। त्यसैले माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक ब्यबसायिको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो। यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने, हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ।साथै हालसम्म कति पुस्तक बिक्री–वितरण भयो भन्ने विवरण सार्वजनिक गर्न सकिएमा पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्नेछ।
पुनः, तपाईंको अभियान र उद्देश्यप्रति हाम्रो उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको जानकारी गराउन चाहन्छौँ।