९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनिसाको हत्यामा संलग्नलाई कारवाहीको माग राखी माईतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौँ ।  सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै निरन्तर काठमाडौंको माईतीघरमा प्रदर्शन भईरहेको छ।

नेपाल दलित मुक्ति मोर्चाले आईतवार काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि निष्पक्ष छानविन गरी दोषिलाई कारबाही माग राखी शुक्रवारदेखि माईतीघरमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।

आईतवार तेस्रो दिन पनि सरकारलाई दबाब दिँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, छुवाछुत विभेदको पूर्ण अन्त्य गर, महिला र बालवालिकामाथी हुने सबै उत्पिडन र हिंसा बन्द गर लगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए ।