३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

मस्कोमा हिमाल,संस्कृति र साहसिक पर्यटन चिनाउने प्रस्तुति

मस्कोमा हिमाल,संस्कृति र साहसिक पर्यटन चिनाउने प्रस्तुति
अ+ अ-

काठमाडौं । हिमाल, संस्कृति र साहसिक यात्राको अद्वितीय संगमका रूपमा चिनिने नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाइरहेको छ । जस अन्तर्गत नेपाल पर्यटन बोर्डले रूसको राजधानी मस्कोमा आयोजित प्रतिष्ठित पर्यटन मेला मस्को इन्टरनेश्नल ट्राभल एण्ड टुरिजम् एक्जिविशन (एमआईटीटी) २०२६ नेपालको विविध पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गरेको छ ।

मस्कोस्थित क्रोकस एक्स्पो सेन्टरमा मार्च ११ देखि १३ सम्म ३२ औँ संस्करणका रूपमा आयोजित एमआईटीटी-२०२६ मा ३० भन्दा बढी देशका पर्यटन गन्तव्य, सेवा प्रदायक र पर्यटन व्यवसायी सहभागी भएका थिए । तीन दिनसम्म सञ्चालन भएको मेलामा करिब १६ हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गरेको अनुमान गरिएको जनाइएको छ ।

यस प्रदर्शनीमा नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको पर्यटन अनुभवलाई समग्र रूपमा प्रस्तुत गरेको बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टले जानकारी दिएका छन् । उनका अनुसार सात निजी क्षेत्रका ट्राभल तथा टुर कम्पनीहरूसहित सहभागी भएको बोर्ड नेतृत्वको टोलीले हिमालयन साहसिक पर्यटन, पदयात्रा, पर्वतारोहण, बौद्ध तथा हिन्दू धार्मिक पर्यटन, प्रकृति–आधारित अनुभव र सांस्कृतिक विविधतालाई प्रस्तुत गरेको छ ।

प्रदर्शनीमा राखिएको नेपाल पभेलियनमा नेपालबारे जानकारी लिन आउने आगन्तुकहरूलाई हिमालयको अनुपम सौन्दर्य, लुम्बिनीको आध्यात्मिक शान्ति, साहसिक पदयात्रा मार्गहरू तथा नेपाली संस्कृतिको विविधताबारे विस्तृत जानकारी दिइएको थियो । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य तथा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए । प्रतिनिधिमण्डलमा बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत भट्ट सहभागी थिए ।

मेलाको अवसरमा रूसी तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रियाका क्रममा प्रतिनिधिमण्डलले नेपाललाई सुरक्षित, विविधतायुक्त र अविस्मरणीय पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलका प्रमुख तिवारीले एमआईटीटी जस्ता अन्तर्राष्ट्रिय पर्यटन मेलाहरू नेपालको पर्यटन प्रवर्द्धनका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले भने, “रूसजस्तो ठूलो पर्यटन बजारमा नेपालका सम्भावनाहरू प्रस्तुत गर्ने अवसर एमआईटीटी जस्तो मञ्चले प्रदान गर्छ । रूसी पर्यटकहरू साहसिक यात्रा, हिमाली पदयात्रा र सांस्कृतिक अनुभवप्रति निकै आकर्षित हुन्छन्, जसले नेपालका लागि ठूलो सम्भावना देखाउँछ ।”

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक पन्तले रूसी बजारलाई नेपालको उदीयमान पर्यटन बजारका रूपमा उल्लेख गर्दै भने, “नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र आध्यात्मिक अनुभवले भरिएको गन्तव्य हो । रूसी पर्यटकहरू नयाँ र अनौठो गन्तव्यको खोजीमा रहने भएकाले नेपालको पर्यटन अनुभव उनीहरूका लागि अत्यन्त आकर्षक हुन सक्छ ।” यस प्रदर्शनीमा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले एमआईटीटी-२०२६ रूसी बजारसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रभावकारी अवसर बनेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच रूसस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत महेश्वरमणी त्रिपाठीले नेपाली पभेलियनको अवलोकन गर्दै कार्यक्रमलाई सफल बनाउन सहजीकरण गर्नुका साथै नेपाल र रूसबीचको पर्यटन सहकार्यलाई अझ विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए । यस वर्ष नेपाल र रूसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । यही ऐतिहासिक सन्दर्भमा एमआईटीटी-२०२६ नेपालको सहभागिताले दुई देशबीच पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने बोर्डका वरिष्ठ अधिकृतले बताएका छन् ।

उनले थपे, “मस्कोमा सम्पन्न एमआईटीटी-२०२६ नेपालको सहभागिताले रूसी पर्यटन बजारमा नेपालको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास हामीले लिएका छौं ।

आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालको पर्यटन सम्भावनालाई विश्वभर प्रवर्द्धन गर्दै लैजाने बोर्डको रणनीति, योजना र कार्यक्रमहरु रहेका छन् । “ पर्यटन तथ्यांक अनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने रूसी पर्यटकको संख्या १५ हजारभन्दा बढी पुगेको थियो ।