१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्धको प्रभावः अफगानिस्तानमा फिर्तीको ठूलो लहर, दुई लाख ७० हजार नागरिक फर्किए



अ+ अ-

काबुल। अफगानिस्तानका करिब दुई लाख ७० हजार नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका छन्, जसमा एक लाख १० हजार इरानबाट र एक लाख ६० हजार पाकिस्तानबाट फर्केका संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीले जनाएको छ ।

मध्यपूर्वमा जारी युद्धले यो सङ्ख्या अझ बढ्ने जोखिम रहेको चेतावनी पनि दिइएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधिले फिर्तीहरू व्यवस्थित भए पनि तनावपूर्ण र चिन्ताले भरिएका भनेका छन् ।

फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि तेहरानले ड्रोन र मिसाइलमार्फत प्रतिक्रिया दिएको थियो । त्यसपछिका दिनहरूमा दैनिक करिब एक हजार ७०० अफगान नागरिक इरानबाट फर्किरहेका छन् ।

प्रतिनिधिले अफगानिस्तानले इरानसँग सम्बन्धित घटनाहरूको परिणाम भोगिरहेको छ भने पाकिस्तानसँगको सीमामा पनि झडपहरू देखिएका चेतावनी दिएका छन् । उहाँले थप्नुभयो,“नाका खुल्ने बित्तिकै फिर्तीको सङ्ख्या तीव्र रूपमा बढ्न सक्छ ।”

संयुक्त राष्ट्रको शरणार्थी एजेन्सी र युनिसेफले सीमा र भित्रको व्यवस्थापन क्षमता बलियो बनाउने प्रयास गरिरहेका छन् । तर फिर्तीको ठूलो सङ्ख्यालाई मध्यनजर गर्दा थप सहयोग आवश्यक हुने चेतावनी दिइएको छ ।

पछिल्ला दुई वर्षमा पाँच लाखभन्दा बढी अफगान नागरिक छिमेकी देशबाट फर्किसकेका छन्, जसमा मात्र गत वर्ष एक लाख ९० हजार इरानबाट फर्किएका थिए । (रासस/एएफपी)