१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ को छैटौँ संस्करण काठमाडौंमा आयोजना हुँदै



अ+ अ-

काठमाडौं। सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा लामो समयदेखि अग्रणी संस्थाका रूपमा क्रियाशील सिजन मिडियाले यस वर्ष पनि ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।

अवार्डको छैटौँ संस्करण २०८३ साल बैशाख ११ गते काठमाडौंमा आयोजना गरिनेछ । विगतका वर्षहरूझैँ यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्व तथा संस्थाहरूको योगदानको मूल्याङ्कन गर्दै उनीहरूको कार्यलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाले जनाएको छ ।

उक्त अवसरमा नेपाल तथा विदेशमा रहेर सामाजिक सेवा, मानवीय सहायता, आपतकालीन उद्धार, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।

महामारी, बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला अग्रपंक्तिमा रहेर दिनरात नभनी सेवामा खटिने व्यक्तित्व तथा संस्थासँगै निरन्तर सामाजिक सेवाभावका साथ समाजमा योगदान दिँदै आएका अभियन्ताहरूलाई यस वर्ष पनि विशेष सम्मान तथा अवार्ड प्रदान गरिनेछ ।

समाजमा सानो सहयोगले पनि ठूलो प्रभाव पार्ने र समुदायको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ सामाजिक सेवामा समर्पित व्यक्तिहरूको योगदान शब्दमा व्यक्त गर्न कठिन हुने आयोजकको भनाइ छ । यिनै विशिष्ट व्यक्तित्वहरूको सामाजिक दायित्व र सेवाभावलाई कदर गर्दै अवार्डमार्फत उनीहरूलाई थप प्रेरित गर्ने उद्देश्य लिइएको छ ।

सिजन मिडियाकी कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आएको बताइन् ।

“सबै नागरिकमा सामाजिक भावना विकास गराउने र नयाँ पुस्तालाई समाजसेवातर्फ प्रेरित गर्ने हाम्रो लक्ष्य हो,” उनले भनिन्।

उनका अनुसार सामाजिक सेवाको क्षेत्रमा १० वर्षभन्दा बढी समयदेखि निरन्तर कार्यरत रहेका आधारमा छनोट भएका व्यक्ति तथा संस्थालाई विशेष अवार्ड समारोहबीच सम्मानित गरिनेछ ।

सिजन मिडियाले विगतदेखि नै साथ र सहयोग गर्दै आएका सामाजिक अभियन्ता तथा मार्गदर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरेको छ ।