१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफको तेस्रो क्यबिनेट मिटिङ मुगुको रारामा



अ+ अ-

काठमाडौँ। लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको तेस्रो क्याबिनेट मिटिङ यही फागुन २९ गते मुगुको रारा क्षेत्रमा हुने भएको छ ।

मिटिङका लागि ३२५ एफका गभर्नर लायन केशरबहादुर भण्डारीको नेतृत्वमा लायन लिडरहरू तथा विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरू रारा जाँदै छन् । यो मिटिङ रारामा गर्नुको उद्देश्य रारा क्षेत्रलाई विश्वभर चिनाउनु रहेको आयोजक संस्थाले जनाएको छ ।

दोस्रो विश्वयुद्धपश्चात् युद्धमा अङ्गभङ्ग भएका मानिसहरूको उद्धारका लागि मानवीय सेवा गर्ने उद्देश्यले अमेरिकी नागरिक मेलभिन जोन्सले खडा गरेको सामाजिक संस्थामा हाल २१० राष्ट्रमा विस्तार हुँदै गर्दा साढे १४ लाख सदस्य पुगेको लाइन्सले जनाएको छ । नेपालमा मात्र ४६ हजार लायन्स सदस्य रहेका छन् ।

नेपालमा १५ वटा डिस्ट्रिक्ट र एक मल्टिपल ३२५ रहेकाले विभिन्न मानवीय सेवाका कार्यहरू गर्दै आएका छन् । लायन्स क्लब अफ अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफमा रहेका विभिन्न क्लबहरूले लायन्स क्लब अफ इन्टरनेसनलले दिएका विभिन्न टार्गेटलाई समयमै पूरा गर्दै आएकाले डिस्ट्रिक्ट ३२५ एफ निकै नै सफल रहेको दाबी गरिएको छ ।

लायन वर्ष २०२५/०२६ का लागि अगाडि सारेको मानवीय सेवामा उपयोगी कार्यहरू डिस्ट्रिक्ट ३२५ एफका गभर्नर लायन केशरबहादुर भण्डारीले बताउनुभयो ।

लायन्स इन्टरनेसनलमा नेपालको पर्यटकीय क्षेत्रको चिनारी गराउने र विश्वभर राराताललगायत विभिन्न पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराउने उद्देश्य राखेर रारातालमा बैठक राखिएको डिस्ट्रिक्ट गभर्नर भण्डारीले उल्लेख गर्नुभयो ।

तेस्रो क्याबिनेट मिटिङका लागि डिस्ट्रिक्टका पदाधिकारी, पूर्वगभर्नर डा राजेन्द्र गिरी, फस्ट लेडी डा भद्रा पराजुली भण्डारी, डिस्ट्रिक्ट सेक्रेटरी इन्द्र कार्की, पूर्वडिस्ट्रिक्ट सेक्रेटरी पनिता शर्मा बराल, पूर्वट्रेजरर भुवन नेपाल, डिस्ट्रिक्ट म्यागजिन चिफ दामोदरप्रसाद दवाडीको सहभागिता रहने छ ।

त्यस्तै रारा क्षेत्र तथा विभिन्न पर्यटकीय क्षेत्र टुर मार्केटिङ चिफ अर्जुन कार्की एवं नेतृत्त्वहरूको उल्लेखनीय उपस्थिति रहने भएकाले पर्यटकीय भ्रमण तथा तेस्रो क्याबिनेट बैठक भव्य रूपमा सफल हुने विश्वास लिएको डिस्ट्रिक्ट सेक्रेटरी इन्द्र कार्कीले बताउनुभयो । रासस