४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन



अ+ अ-

काठमाडाैँ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम¬) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।

तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यसअघि (पोखरा—जोमसोम¬) हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रअरी १ सम्म (पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

हिउँदयामको अत्यधिक चिसो, सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा–जोमसोम हवाई उडान सेवा निजी वायुसेवा कम्पनीले जनाएअनुसार तोकिएको समयभन्दा केही ढिला गरी सञ्चालनमा ल्याइएको हो । यहाँ नियमित रूपमा उडान गर्दै आइरहेको तारा एयरलाइन्स कम्पनीले मार्च १ तारिखदेखि हवाई उडान सुचारु गर्ने जनाएपछि फागुन २१ गतेको निर्वाचनका कारण एक हप्ता ढिलो गरी सञ्चालनमा ल्याउन लागेको हो ।

यसैगरी यहाँ उडान भर्ने गरेको निजी वायुसेवा कम्पनीले पनि फेब्रअरी १ तारिखदेखि (पोखरा–जोमसोम¬) हवाई सेवा सञ्चालनमा ल्याउने जनाएता पनि निर्वाचनको समय परेकाले एक महिना बढी ढिलो गरी सञ्चालनमा ल्याएको हो ।

मौसम प्रतिकूलता तथा पर्यटकीय अफसिजनका कारण उडान स्थगित भएको पोखरा(जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आइसकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार सोमबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सबै तयारी भइरहेकोमा खराब मौसमका कारण सोमबार र मङ्गलबार निजी वायुसेवा कम्पनीका टुइनेटर जहाजहरूले उडान भर्न सकेको छैन ।

तीन महिनापछि सोमबार तारा एयरको जहाज र मङ्गलबार तारा र समिट एयरलाइन्सको उडान तालिका रहेकोमा प्रतिकूल मौसमका कारण हवाई उडान हुन नसकेको नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ । मङ्गलबार पोखराबाट जोमसोमका लागि तारा एयरलाइन्सको दुई उडान र समिट एयरलाइन्सको तीन उडान तय भएकोमा मौसम प्रतिकूलताका कारण उडान रद्द हुन पुगेको बताए। मौसम खुलेमा पोखरा–जोमसोम हवाई सेवा नियमित हुने प्रमुख पोखरेलले उल्लेख गरे।

वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकीय चहलपहल हुने भएकाले बर्सेनि यहाँ उडान भर्ने निजी वायुसेवा कम्पनीले पुस र माघ महिना पूरै उडान बन्द गरेर फागुन महिनामा पुनः हवाई उडान सेवा सञ्चालन गर्ने गरिन्छ । यस वर्ष पर्यटकीय याम सुरु भएको भए पनि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पर्यटकको आगमन हुन नसकेको हो ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा अधिकांश भारतीय पर्यटकहरू पोखरा–जोमसोम हवाई मार्गबाट आउने गरेकोमा सिमानाका बन्द भएकाले पनि हवाई सेवा प्रभावित भएको हो । तारा एयरलाइन्स जोमसोमका स्टेसन इञ्चार्ज सुचन लालचनले निर्वाचनका कारण पर्यटकको आगमन प्रभावित भएको भए पनि अब निर्वाचन सकिएका हवाई यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरे। निर्वाचन सकिएकाले पोखरा–जोमसोम हवाई सेवाका लागि हवाई यात्रुहरूले धमाधम टिकट बुकिङ गर्न थालेको उनको भनाइ छ ।

मुस्ताङमा बर्सेनि डेढ लाख विदेशी पर्यटक भित्रिने गरेकोमा ७० प्रतिशत विदेशी पर्यटक भारतीय दर्शनार्थी रहेको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि विगतको तुलनामा पोखरा–जोमसोम हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।

पछिल्लो समय भारतीय पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने भएकाले हवाई उडान घट्दै गइरहेको छ । कुनै समय मुस्ताङमा निजी वायुसेवा कम्पनीले दैनिक १८ वटासम्म उडान भर्ने गरेका थिए । पछिल्लो समय यहाँ दैनिक १० वटाभन्दा बढी उडान हुन सकेको छैन ।

मुस्ताङमा पोखरा–जोमसोम हवाई उडानका लागि तारा एयरलाइन्स र समिट एयरलाइन्सको जहाजले मात्रै उडान भर्दैआइरहेका छन् । नेपाल वायुसेवा कम्पनीको जोमसोममा टिकट बुकिङ कार्यालय सञ्चालनमा रहे पनि लामो समयदेखि नेपाल वायुसेवा कम्पनीको हवाई उडान सेवा सञ्चालन हुन सकिरहेको छैन ।